बाढीपहिरोमा परी देशभर ५८ जनाको मृत्यु
एएनजेड खबरअक्टोबर ६, २०२५
काठमाडौं । लगातारको वर्षाका कारण आएको बाढीपहिरोमा परी देशभर ५८ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलको विवरणअनुसार, असोज १७ र १८ गतेको वर्षा र त्यसपछि आएको बाढीपहिरोमा परी सातजना बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा सबैभन्दा धेरै ३७ जना इलामका छन्। इलाममा एक जना बेपत्ता छन् भने तीन जना घाइते भएका छन्। यहाँ बाढीले दुईवटा पुल क्षतिग्रस्त भएका छन्।
तपाइँको प्रतिक्रिया