मंगलबार, असोज २८, २०८२ |Tue Oct, 2025
अक्ल्याण्डको समय: ०८:०१ |सिड्नीको समय: ०६:०१ |काठमाडौंको समय: ००:४६

अस्ट्रेलियामा गरिबीमा जीवनयापन गर्नेको जनसङ्ख्या ३७ लाख

एएनजेड खबरअक्टोबर १४, २०२५

एजेन्सी । अस्ट्रेलियामा गरिबीमा जीवनयापन गर्ने जनसङ्ख्या ३७ लाख पुगेको छ, जुन देशको कुल जनसङ्ख्याको १४.२ प्रतिशत हो ।

सन् २०२४–२५ आर्थिक वर्षमा यस्तो डाटा आएको हो । अस्ट्रेलियन सामाजिक सेवा परिषद् (एसिओएसएस) र न्यु साउथ वेल्स विश्वविद्यालयले तयार पारेको ‘अस्ट्रेलियामा गरिबी सन् २०२५ सारांश’ प्रतिवेदनअनुसार, अघिल्लो तथ्याङ्क सन् २०२१–२३ मा गरिबी दर १२.४ प्रतिशत थियो, जुन अब उल्लेखनीय रूपमा बढेर १४.२ प्रतिशत पुगेको छ ।

न्यु साउथ वेल्स विश्वविद्यालयकी वरिष्ठ अनुसन्धानकर्ता युविस्थी नायडूका अनुसार, पछिल्ला दुई वर्षमा घरभाडामा अत्यधिक वृद्धि भएकोले खासगरी न्यून आम्दानी भएका व्यक्तिहरूको जीवनमा गम्भीर असर परेको छ । प्रतिवेदन अनुसार, सन् २०२१ अगस्तदेखि २०२३ अगस्तसम्मको अवधिमा ब्रिस्बेनमा घरभाडा ४१ प्रतिशत, सिड्नीमा ४० प्रतिशत र मेलबोर्नमा ३४ प्रतिशतले बढेको छ ।

बालबालिकाको अवस्थासमेत चिन्ताजनक रहेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२३-२४ मा अस्ट्रेलियामा प्रत्येक ६ बालबालिकामध्ये एक जना गरिबीको चपेटामा छन्, जसको सङ्ख्या ७ लाख ५७ हजार पुग्छ ।

तपाइँको प्रतिक्रिया