शनिबार, भदौ २८, २०८२ |Sat Sep, 2025
अक्ल्याण्डको समय: २०:३० |सिड्नीको समय: १८:३० |काठमाडौंको समय: १४:१५

सुशीला कार्की नेपालको नयाँ प्रधानमन्त्री, फागुन २१ गते निर्वाचन

एएनजेड खबरसेप्टेम्बर १३, २०२५

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका छन्। राष्ट्रपतिले यही भदौ २७ गते शुक्रवार रातको ११ः०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभाको विघटन गरेको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिका अनुसार नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गते बिहीबारका लागि मिति तोकिएको छ। विसं २०७९ मा गठन भएको प्रतिनिधिसभा राजनीतिमा आएको परिवर्तनसँगै आफ्नो कार्यकाल पूरा नगरी विघटन भएको छ।

नवनियुक्त प्रधानमन्त्री कार्कीले पद तथा गोपनियताको शपथ लिइसकेकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेन–जीहरूको आम सहमतिबाट पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै शपथ दिलाएका हुन् ।

कार्की नेपालकी पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् । उनी नेपालकै पहिलो महिला प्रधानमन्त्री बनेसँगै यो कीर्तिमान विश्वमै विरलै बन्ने कीर्तिमान बनाएकी छिन् ।

नेपालको संविधान अनुसार रहेर राष्ट्राध्यक्षका नाताले राष्ट्रपति पौडेलले वषम परिस्थितिको गाँठो फुकाउन राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्री बनाएका हुन् ।

कार्कीको राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ ग्रहण भएको हो । उनलाई छ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गर्नेगरी प्रधानमन्त्री बनाइएको हो ।

शपथ दिलाएसँगै राष्ट्रपति पौडेलले कार्कीलाई शुभकामना दिँदै भने, ‘देश सफल होस् । जनताले सफलता प्राप्त गरुन् ।’

तपाइँको प्रतिक्रिया