बिहीबार, साउन २, २०८२ |Fri Jul, 2025
अक्ल्याण्डको समय: ०२:५९ |सिड्नीको समय: ००:५९ |काठमाडौंको समय: २०:४४

‘सुधारका कुरालाई छायामा पारेर नकारात्मक कुरा मात्रै गर्ने प्रवृत्ति गलत’

एएनजेड खबरजुलाइ १७, २०२५

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति प्रत्येक समाजको प्राण तत्व भएको बताएका छन् ।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित विभिन्न ११ विधाका स्रष्टाहरूलाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले भने,‘संस्कृति एउटा अमूर्त विषय हो, तर यसैभित्र शक्ति छ, प्राण छ। संस्कृति भनेको प्रत्येक समाजको प्राण तत्व हो। यदि संस्कृति छैन भने त्यो समाज नै छैन भन्नु हुन्छ। त्यो समाजको पहिचान छैन भन्ने बुझ्नुपर्छ।’

मन्त्री पाण्डेले संस्कृति द्वारा वहन गरिने साहित्य र दर्शनलाई ‘अनुपम’ भन्दै त्यसलाई दुनियाँका लागि ‘दर्शनीय’ भएको बताए । बताउनुभयो।

‘हाम्रो पर्यटन विविधतापूर्ण छ। नागरिक उड्डयन क्षेत्र पनि छ। यो सरकारलाई एक वर्ष पुगेको छ। यस अवधिमा मैले प्रकृति र संस्कृतिको विविधताको कुरा गर्दै आएको छु। संस्कृति र प्रकृतिलाई चलायमान बनाउँदै यसको अधिकतम उपयोग गर्ने दिशामा काम गरिरहेको छु,’ उनले थपे ।

नागरिक उड्डयन क्षेत्रलाई सुचारु र गतिशील बनाउन स्पष्ट दृष्टिकोणसहित अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए ।

कार्यक्रममा मन्त्री पाण्डेले सुधारका कुरालाई छायामा पारेर केवल नकारात्मक कुरा मात्रै गर्ने प्रवृत्ति गलत भएको उल्लेख गर्दै मन्त्रालयले सुधारका विभिन्न योजनासहित कार्य गरिरहेको स्पष्ट पारे ।

तपाइँको प्रतिक्रिया