मंगलबार, वैशाख ३०, २०८२ |Tue May, 2025
अक्ल्याण्डको समय: १८:५४ |सिड्नीको समय: १६:५४ |काठमाडौंको समय: १२:३९

शालीनदी मेलामा यस वर्ष २ सय २० जना व्रतालु

एएनजेड खबरजनवरी २६, २०२४

काठमाडौं । स्वस्थानी व्रत कथाको महिना बिहीबारदेखि सुरु भएको छ। यसै अवसरमा काठमाडौँको साँखुमा प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म लाग्ने मेला पनि सुरु भएको छ।

स्वस्थानी व्रत कथामै उल्लेख भएको शालीनदी मेलामा यस वर्ष २ सय २० जना व्रतालु रहेका छन्। यसमध्ये १ सय ९९ जना महिलाले कठोर व्रत लिइरहेका छन्।

श्री स्वस्थानी व्रत बस्ने त्यहाँ महिला मात्र नभएर वर्षौँ बस्दै आएका पुरुष (सावागन) ७ जना, साँखुकै नायोनकिन (नाइके) २ जना, पुरुष ११ जना र माधव नारायण ।(विष्णु भनवान) बोक्ने १ जना रहेका छन्।

शाली नदीमा एक महिना श्री स्वस्थानीको व्रत बस्ने क्रममा शाली नदी नजिकै कोठा भाडा लिएर व्रत बस्ने व्रतालुहरूले बताए। उनीहरू माघ १० बाटै शाली नदी मेलामा सहभागी भएका छन्। श्री स्वस्थानी व्रत कथा तथा शाली नदी मेलाको अन्त्य नभएसम्म व्रतालुहरू त्यही बस्छन्।

तपाइँको प्रतिक्रिया