बुधबार, जेठ १, २०८२ |Wed May, 2025
अक्ल्याण्डको समय: १९:२२ |सिड्नीको समय: १७:२२ |काठमाडौंको समय: १३:०७

इमरान खानको पक्राउ गैरकानुनी भन्दै तत्काल रिहा गर्न अदालतको आदेश

एएनजेड खबरमे १२, २०२३

पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई तत्काल रिहा गर्न आदेश दिएको छ। सर्वोच्च अदालतले खानको गिरफ्तारी गैरकानुनी भएको ठहर गर्दै उनलाई तत्काल रिहा गर्न आदेश दिएको हो।

खानलाई गत मंगलबार भ्रष्टाचार आरोपमा इस्लामावादस्थित उच्च अदालत परिसरबाटै पक्राउ गरेको थियो । अदालत परिसरबाट पक्राउ गर्नुअघि अदालतकै अनुमति नलिएको भन्दै त्यहाँको सर्वोच्च अदालतले खानको पक्राउ गैरकानुनी रहेको ठहर गरेको हो।

तपाइँको प्रतिक्रिया