शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:१९ |सिड्नीको समय: २०:१९ |काठमाडौंको समय: १६:०४

अष्ट्रेलियामा चुनाव लड्ने तयारीमा स्नेहालता केसी

एएनजेड खबरमे ३०, २०२४

सिड्नी । सन् २०११ मा अस्ट्रेलिया पुगेकी एक नेपाली महिला प्रान्तीय चुनाव लड्ने भएकी छिन् । अष्ट्रेलियाको क्यापिटल टेरिटोरी प्रान्तमा हुन गइरहेको प्रान्तीय चुनावमा स्नेहालता केसीले उम्मेदवारी दिन लागेकी हुन् । निर्वाचनमा प्रदेशसभा पदका लागि उनले आफ्नो उम्मेदवारी दिनेछिन् ।

स्नेहालाई एक सभामा अरू प्रतिस्पर्धीबीच ७ मिनेट भाषण गर्न लगाइएको थियो । उनले सँगै प्रतिस्पर्धा गरिरहेका आफ्ना अन्य ३ जना प्रतिद्वन्द्वी भन्दा रोचक र समसामयिक भाषण गरेपछि उनको अभिव्यक्ति सबैले रुचाएका थिए ।

भोटिङ चेक पाँच सदस्यीय प्यानलमा तीन जनाकै अन्तरवार्ता राखिएको थियो । जसमा जनताबाट प्रश्नोत्तर कार्यक्रम राखिएको थियो । अष्ट्रेलिया क्यापिटल टेरिटोरीमा विगत २८ वर्ष देखी लेबर नामक पार्टी सरकारमा छ ।

अष्ट्रेलिया क्यापिटल ट्रेरोटोरीमा इन्डिपेन्डेन्स फोर क्यानबेरा नाम गरेको नयाँ राजनीति दल खोलिएको छ । सोही पार्टीबाट स्नेहा चुनाव लड्ने भएकी हुन् । नेपाल हुँदा विज्ञापन र म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी उनी नर्स हुन् ।

नेपालगञ्जमा जन्मिएकी स्नेहा पूर्व सञ्चारकर्मी समेत हुन । उनले हिमालय टेलिभिजनमा काम गरेको अनुभव छ । उनले बिदेशमा हुँदा विभिन्न संगठनमा आबद्ध रही नेतृत्वदायी भुमिका निर्वाह गरीसकेकी छन् । सामाज सेवामा सक्रिया उनी राजनीतिका मध्यमबाट समाजसेवा गर्नुपर्छ र राजनीतिलाई सेवाका रुपमा लिनुपर्छ भन्ने धारणा राख्छिन् ।

अष्ट्रेलियामा ८ वटा प्रान्तहरु छन् । अष्ट्रेलियान क्यपिटल ट्रेटोरीम २५ जनाले सरकार बनाउने गरेका छन् । चुनावी प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार बाहेक इन्डिपेन्डेन्स फोर क्याम्बेरिय, लेबर, लिबरल, ग्रीन्स जस्ता अन्य पार्टीहरु छन् ।

तपाइँको प्रतिक्रिया