आइतबार, भदौ २९, २०८२ |Sun Sep, 2025
अक्ल्याण्डको समय: १७:२७ |सिड्नीको समय: १५:२७ |काठमाडौंको समय: ११:१२

रवि लामिछाने भन्छन् : ‘नेपाली सेनाको सङ्ख्या घटाउन पर्छ भनेका छैनौँ ‘

एएनजेड खबरजुलाइ २३, २०२३

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली सेनाको सङ्ख्या घटाउन पर्छ भनेर कसैले नबोलेको दाबी गरेका छन्। आफूले मात्रै नभएर आफ्ना कुनै पनि नेता र सांसदहरूले कहीँ कतै नबोलेको बताएका हुन्।  

विराटनगरमा हिजो पत्रकार सम्मेलन गर्दै उनले ,’सेनाको सङ्ख्या घटाउनु पर्छ भनेर पार्टीका अन्य सांसद तथा नेताले बोलेका छैनन्’,। 

लामिछानेले विधिको शासनद्वारा राष्ट्र सञ्चालन हुनु पर्नेमा जोड दिए। उनले विधिको शासन लागु भए देशमा सुशासन कायम हुनेमा पार्टी स्पष्ट रहेको बताए ।

तपाइँको प्रतिक्रिया