शनिबार, फागुन ३, २०८१ |Sat Feb, 2025
अक्ल्याण्डको समय: ०७:३५ |सिड्नीको समय: ०५:३५ |काठमाडौंको समय: ००:२०

समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज बस्दै 

एएनजेड खबरजुलाइ ८, २०२३

चार दल मिलेर घोषणा भएको समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्दै छ। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा अपराह्न ४ बजे बस्ने बताइएको हो। 

आजको बैठकले मुलुकमा विकसित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्य योजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ ।

मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने सो बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवं आगामी दिनमा गर्ने कार्ययोजनाबारे छलफल हुने नेताहरूले बताएका छन्। 

नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू बैठकमा सहभागी हुनेछन्। 

तपाइँको प्रतिक्रिया