आइतबार, वैशाख २८, २०८२ |Sun May, 2025
अक्ल्याण्डको समय: ०८:४० |सिड्नीको समय: ०६:४० |काठमाडौंको समय: ०२:२५

प्रदेश १ को नामका विषयमा खरो बोल्ने योगेश भट्टराई इलामबाट लखेटिए                                    

एएनजेड खबरजुन ३०, २०२३

नेकपा एमालेका सचिव योगेश भट्टराईलाई पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताहरूले हिजो इलाममा लखेटेका छन्। 

 प्रदेश १ को नामका विषयमा चलिरहेको आन्दोलनबारे खरो टिप्पणी  गर्दै आएका भट्टराईलाई  पुन:नामकरण सङ्घर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमसहितको टोलीले  इलाम सदरमुकाममा आक्रमण प्रयास गरेका हुन्। 

भट्टराई ७२ औँ मदन भण्डारी जन्म जयन्तीको अवसरमा इलाममा आयोजित अन्तर्संवादमा सहभागी हुन इलाम पुगेका थिए। 

कार्यक्रम सकेर फर्कँदै  गर्दा भट्टराई सवार गाडीमै आक्रमण प्रयास भएको र प्रहरीले जोगाएको थियो। आक्रमणकारी पहिचान पक्षधरहरूले भट्टराईलाई कालो झन्डा पनि देखाए। 

तपाइँको प्रतिक्रिया