मंगलबार, वैशाख ९, २०८२ |Tue Apr, 2025
अक्ल्याण्डको समय: ०८:५७ |सिड्नीको समय: ०६:५७ |काठमाडौंको समय: ०२:४२

पशुपतिको जलहरीबारे छानबिन गर्न संसदीय छानबिन समिति गठन हुनुपर्छ : सांसद प्रदीप पौडेल 

एएनजेड खबरजुन २६, २०२३

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले पशुपतिको जलहरीबारे छानबिन गर्न  संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पौडेलले धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचार जोडिँदा  विश्व सामु नेपालेको शिर निहुरिएको बताए।

‘जलहरिबारे उजुरी परेको २ वर्षपछि बल्ल अख्तियारले छानबिन गरेको छ। महालेखाको प्रतिवेदनले प्रस्ट औँल्याएको विषयलाई अख्तियारले यति ढिलो गरी छानबिन किन गर्‍यो?,’ भन्दै प्रश्न गरेका छन् ।

जलहरिबारे छानबिनका लागि सांसदले समिति बनाउनुपर्ने भन्दै पौडेलले भने  ‘यो गम्भीर विषय छानबिनका लागि सदनले एउटा समिति बनाओस्। यसको पूर्ण र निष्पक्ष छानबिन हुने स्थिति निर्माण होस्,’। 

तपाइँको प्रतिक्रिया