आइतबार, माघ ६, २०८१ |Sun Jan, 2025
अक्ल्याण्डको समय: ०९:३९ |सिड्नीको समय: ०७:३९ |काठमाडौंको समय: ०२:२४

ताप्लेजुङमा पहिरो, ४ जना बेपत्ता 

एएनजेड खबरजुन १८, २०२३

‍गएराती गएको पहिरोमा परी ताप्लेजुङमा ४ जना बेपत्ता भएका छन्।  सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना र अर्का स्थानीय बेपत्ता भएका हुन्। 

 पहिरोले यादव बुढाथोकीको घर बगाएको थियो। पहिरोमा परी  यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् भने मेहेलेकै भरत तामाङसमेत बेपत्ता भएका हुन्।

खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा उनी पहिरोमा परेका हुन्। 

घटना भएको क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको बताइएको छ। पहिरोका कारण धेरै घरहरू र स्वास्थ्य चौकीको भवन पूर्ण रूपमा पहिरोले बगाएको छ।

घटनास्थलमा  निरन्तर वर्षा भइरहेकाले बाढी र पहिरोले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध छन् भने बिजुलीका पोल ढलेर विद्युत् अवरुद्ध छ।  क्षतिबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ। 

तपाइँको प्रतिक्रिया