शुक्रबार, चैत ७, २०८१ |Fri Mar, 2025
अक्ल्याण्डको समय: १७:४२ |सिड्नीको समय: १५:४२ |काठमाडौंको समय: १०:२७

मेयर बालेनको खरो टिप्पणी : सांसदहरू वडा अध्यक्षको लेबलमा आए 

एएनजेड खबरमे ३०, २०२३

सरकारले विवादित सांसद विकास कोष ब्युँताएपछि  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरू वडा अध्यक्षको लेबलमा आएको टिप्पणी गरेका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेटबाट सांसद विकास कोष ब्युँतिएपछि बालेनले सो टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो,वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरू’ भनेर प्रश्नसमेत गरेका छन् ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले सांसद विकास कोषलाई ब्युँताउँदै प्रत्यक्ष निर्वाचित सांसदहरू मार्फत हरेक निर्वाचन क्षेत्रमा ५ करोड खर्च गर्न पाउने व्यवस्था गरेका थिए। यसअघिको एमालेको नेतृत्व रहेको सरकारका अर्थमन्त्री विष्णु पौडेलले  सांसद विकास कोषको रकम दुरुपयोग भएको गुनासो बढेपछि सांसद विकास कोष  नै खारेज गरेका थिए ।

तपाइँको प्रतिक्रिया