बुधबार, जेठ १, २०८२ |Wed May, 2025
अक्ल्याण्डको समय: ११:४२ |सिड्नीको समय: ०९:४२ |काठमाडौंको समय: ०५:२७

एमालेको अवरोध गरेपछि संसद बैठक २० मिनेटको लागी स्थगित

एएनजेड खबरमे २६, २०२३

पशुपतिको मन्दिरको गजुर राख्ने विषयमा भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ।

एमालेका प्रमुख सचेतक पदमगिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा एमालेलाई आधारहीन आरोप सत्तापक्षीय सांसदले लगाएकोमा उक्त रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने अडान राखेका थिए।

यसअघि नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमालेप्रति लक्षित गर्दै ‘पशुपतिमा सुनको जलहरि राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेको’ आरोप लगाएका थिए।

एमालेले नारावाजी सहित विरोध गरेपछि २० मिनेटको लागी संसद बैठक स्थगित भएको हो।

तपाइँको प्रतिक्रिया