शनिबार, जेठ ३२, २०८२ |Sat Jun, 2025
अक्ल्याण्डको समय: २०:५३ |सिड्नीको समय: १८:५३ |काठमाडौंको समय: १४:३८

कांग्रेस नेता पुरुषोत्तम बस्नेतको निधन

एएनजेड खबरमे १२, २०२३

नेपाली कांग्रेसका नेता पुरुषोत्तम बस्नेतको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज निधन भएको हो।

विसं २००२ मंसिर १ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा जन्मिएका बस्नेतले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका सङ्घर्षका क्रममा ९ वर्ष जेल जीवन बिताएका थिए।

बस्नेत विपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष थिए।उनको पार्थिव शरिर श्रद्धाञ्जलिका लागि पशुपति क्षेत्रमा राखिने र अत्येष्टि गरिने ट्रष्टले जनाएको छ।

तपाइँको प्रतिक्रिया