शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:३२ |सिड्नीको समय: १९:३२ |काठमाडौंको समय: १५:१७

निवर्तमान राष्ट्रपति भण्डारीले आज शितल निवास छाड्ने

एएनजेड खबरमार्च १३, २०२३

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आज शितल निवास छाड्ने भएकी छिन् । झन्डै साढे ७ वर्षसम्म दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीको हिजो फागुन २८ गते कार्यकाल सकिएपछि राष्ट्रपति निवास छाड्न लागेकी हुन्।

भण्डारीले दिउँसो २ बजेपछी शीतल निवास छाड्ने र नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आजै दिउसो १ बजे शपथ खाएपछि शितल निवास प्रवेश गर्ने छन्।

भण्डारी संविधान घोषणापछि २०७२ कात्तिक ११ गते पहिलोपटक राष्ट्रपति बनेकी थिइन्। पहिलो कार्यकाल सकिएपछि उनी दोस्रोपटक २०७४ फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। उनले दुई कार्यकाल गरेर राष्ट्रपतिको हैसियतमा ७ वर्ष ४ महिना शीतल निवासमा बसिन्।

तपाइँको प्रतिक्रिया