शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:५५ |सिड्नीको समय: १९:५५ |काठमाडौंको समय: १५:४०

नेपाल प्रहरीका पाँच डीआईजीलाई एआईजी बढुवामा सिफारिस

एएनजेड खबरमार्च १०, २०२३

नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ। बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर छन् भने दोस्रोमा टेकप्रसाद राईछन्। त्यस्तै तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य छन् ।

राष्ट्रपतिको निर्वाचनअघि आचारसहिंता लाग्ने भएपछि गृह मन्त्रालयले बढुवाका लागि अनुमति माग गर्दै निर्वाचन आयोगमा पत्र पठाएको थियो। आयोगले अनुमति दिएसँगै शुक्रबार पाँचजालाई एआईजीमा बढुवा सिफारिस गरिएको हो।

हालका आईजीपी धिरजप्रताप सिंह र बाँकी ३ जना एआईजी चैत ११ गतेदेखि अनिवार्य अवकासमा जाने भएपनि त्यसपछिको नेतृत्व गर्ने प्रहरी डीआईजी नै थिए। एआईजीहरु सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी चैत ११ गतेदेखि अवकासमा जाने भएपछि पाँच डीआईजीको बढुवा सिफारिस भएको हो।

तपाइँको प्रतिक्रिया