शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १३:१२ |सिड्नीको समय: ११:१२ |काठमाडौंको समय: ०६:५७

बागलुङ समाज अष्ट्रेलियाको अध्यक्षमा बिकास सापकोटा

एएनजेड खबरजुलाइ २५, २०२२


बागलुङ अस्ट्रेलिया कम्यूनिटीको चौथो अधिबेसनले बिकास सापकोटाको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।


अष्ट्रेलियालाई कर्मथलो बनाउदै आएका बागलुङ जिल्लावासीले गत आइतवार सिड्नीको एसफिल्ड पार्कमा आयोजित अधिवेशन मार्फत सापकोटालाई अध्यक्षमा चयन गरेका हुन् ।
समितिका अन्य पदाधिकारीमा उपाध्यक्षमा दीपक अधिकारी, महासचिब सुमन बिस्ट, सचिब राजु के सी कोषाध्यक्ष मनोज अधिकारी र सदस्यहरुमा शक्ति आचार्य, लक्ष्मी सापकोटा न्यूरे, सुमन कुंवर, रामु रेग्मी, श्याम कुंवर र राजु चापागाईलाई चयन गरेको छ।



अधिबेसनको सुरूवातमा संस्थाका संस्थापक अध्यक्ष एवं सन्चारकर्मी स्व टिका कार्कीको सम्झनामा मौनधारण गरिएको संस्थाले जनाएको छ । सामाजिक अभियन्ता एवं रेडियोकर्मी कार्कीको निधनपछि बागलुङ अष्ट्रेलिया कम्युनिटीको कार्यवाहक अध्यक्षता बिकास सापकोटाले गर्दै आएका थिए ।


संस्थाका महासचिब दीपक अधिकारीले संचालन गरेको सो कार्यक्रममा कार्यबाहक अध्यक्ष सापकोटाले संस्थाको गतिबिधि तथा आर्थिक बिबरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष थमन कुंवरले अधिवेशन र बन्दसत्रका बारेमा प्रष्ट पारेका थिए । सो भेलामा संस्थापक कोषाध्यक्ष गोपाल श्रेस्ठ, लक्ष्मण भुसाल,राम प्रसाद घिमिरे, नीरज भंडारी, कृष्ण सुनार, सन्तु भुसाल, सुदिन के सी, उपकार श्रेस्ठ लगायत ८० भन्दा बढ़ीको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया