शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:२४ |सिड्नीको समय: १९:२४ |काठमाडौंको समय: १५:०९

ट्रिनिटी कलेजका सुरक्षागार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा चार विद्यार्थी पक्राउ

एएनजेड खबरजुन १५, २०२२

काठमाडौं– काठमाडौंको कालिकास्थान स्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । यो घटनाको अनुसन्धानका लागि प्रहरीले चार जना विद्यार्थीलाई पक्राउ गरेको छ ।
ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा सोही कलेजका चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो साढे १ बजे सुरक्षागार्डमाथि खुकुरी प्रहार भएको थियो।
घाइते भएका सुरक्षा गार्डलाई प्रहरीले उद्धार गरी मोडेल अस्पताल पुर्‍याएको थियो। उनको उपचारपछि डिस्चार्जसमेत भइसकेको छ।
म्याग्दीको बेनी नगरपालिका वीरमुनी घर भई हाल तारकेश्वर नगरपालिका बानियाँटार बस्ने १८ वर्षीय जोसेन बानियाँ, रामेछाप मन्थली नगरपालिका घर भई काठमाडौं डिल्लीबजार बस्ने १८ वर्षीय बिपिन खत्री, ओखलढुङ्गा मानेभञ्याङ्ग घर भई काठमाडौं घट्टेकुलो बस्ने १८ वर्षीय प्रतीक खतिवडा र टोखा बस्ने १८ वर्षीय सञ्जिव भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी अनुसार करिब १० दिन अगाडि कलेज परिसरमा बास्केटबल खेल्दा भएको विवादको विषयलाई लिएर मंगलबार दिउँसो विद्यार्थीका दुई समूहबीच विवाद भएको थियो । सो विवादमा संलग्न विद्यार्थीहरुलाई छुट्याउने क्रममा गार्डमाथि नै आक्रमण भएको हो । 

तपाइँको प्रतिक्रिया