शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:०६ |सिड्नीको समय: १५:०६ |काठमाडौंको समय: १०:५१

परराष्ट्रमन्त्री खड्का बिम्सटेक सम्मेलनमा सहभागी हुन श्रीलंकामा

एएनजेड खबरमार्च २९, २०२२

काठमाडौं– परराष्ट्रमन्त्री नारायण खडका प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिम्सटेक) को सम्मेलनमा सहभागी हुन श्रीलंका पुगेका छन् ।

औपचारिक रुपमा बुधबारबाट सुरु हुने बिमेस्टेक सम्मेलन उद्घा‍टन अघि मंगलबार आयोजना गरिएको विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुनका लागि मन्त्री खडका कोलोम्बो पुगेका हुन् ।

बिम्सटेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्यको रुपमा छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल रुपमा सम्बोधन गर्ने उक्त सम्मेलनको अध्यक्षता श्रीलंकाले गर्नेछ । बिम्सटेकको पछिल्लो सम्मेलन सन २०१८ मा नेपालमा सम्पन्न भएको थियो ।

तपाइँको प्रतिक्रिया