शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:४३ |सिड्नीको समय: १५:४३ |काठमाडौंको समय: ११:२८

यु १९ विश्वकप : अष्ट्रेलियालाई हराउँदै भारत फाइनलमा

एएनजेड खबरफ्रेब्रवरी ३, २०२२

अष्ट्रेलिया – अष्ट्रेलियालाई हराउँदै भारत यु १९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। गए राती भएको दोस्रो सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई ९६ रनले हराउँदै उपाधिका लागि इङ्ल्याण्डसँगको भिडन्त पक्का गरेको हो।


भारतले दिएको २९१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४१.५ ओभरमा अलआउट हुँदै १९४ रनमा समेटियो। उसका लागि लचलान स .ले सर्वाधिक ५० रनको योगदना दिए। कोरी मिलरले ३८, क्याम्पवेलले ३० ज्याक सिनफिल्डले २० तथा टोम ह्विट्नीले १९ रन जोडे।


भारतका लागि विक्की ओस्तवालले ३ विकेट लिए। रवि कुमारले २ तथा कौशल ताम्बे र अंगक्रिश रघुबंशीले १–१ विकेट हात पारे।
त्यसअघि कुलिज क्रिकेट मैदान, एन्टिगुआमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतीय यु १९ टोलीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९० रन बनाएको थियो।

तपाइँको प्रतिक्रिया