शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:३८ |सिड्नीको समय: २०:३८ |काठमाडौंको समय: १६:२३

प्रधानमन्त्री कप टी-२० क्रिकेटको उपाधि एपीएफले जित्यो

एएनजेड खबरजनवरी १९, २०२२

काठमाडौं – प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै नगद पाँच लाख हात पार्‍यो । उपविजेता पुलिसले तीन लाख प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १५८ रनको लक्ष्य पछ्याएको पुसिलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । 

तपाइँको प्रतिक्रिया