शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २३:१७ |सिड्नीको समय: २१:१७ |काठमाडौंको समय: १७:०२

सिडनीमा नेपालीले चलाएको एड्भान्स कलेजलाई लोकल बिजनेस अवार्ड

एएनजेड खबरनोभेम्बर १९, २०२१
This image has an empty alt attribute; its file name is 248362169_178590401153588_5969630785677024250_n-1024x683.jpg


नेपालीले संचालन गर्दै आएको सिड्नीको बरुडस्थित एड्भान्स कलेजले ‘इनर वेष्ट लोकल बिजनेस अवार्ड २०२१’ प्राप्त गरेको छ ।


इनरवेष्ट क्षेत्रमा शैक्षिक सेवा दिदै आएका ६२ वटा शैक्षिक प्रदायक संस्थालाई उछिन्दै एड्भान्स कलेजले सो अवार्ड प्राप्त गरेको हो ।


आठ बर्षदेखी एज्ड केयर र डिस्याबिलिटि कोर्षको अध्यापन र तालिम दिदै आएको एडभान्स कलेजलाई न्यू साउथ वेल्स राज्य सरकारका प्रतिनिधि स्थानिय काउन्सिल, न्युज च्यानल र आयोजक सस्थाका प्रतिनिधिको उपस्थितिमा नोभेम्बर १७ मा यो अवार्ड दिइयो ।

This image has an empty alt attribute; its file name is 256119120_319256843046399_3670128343750164058_n-1024x683.jpg


अवार्ड ग्रहणपछि एडभान्स कलेजका सिइओ पुष्पा अर्याल घिमिरेले विद्यार्थी, कलेज व्यवस्थापन तथा कर्मचारीको बिशिस्ट योगदानका कारण यो सफलता प्राप्त गरेको बाताइन् ।


‘आउँदा दिनमा पनि गुणस्तरीय र सीपमुलक शिक्षा प्रदान गर्न हाम्रो इमान्दार प्रयास हुनेछ’, पुष्पाले भनिन् ।
एडभान्स कलेजले गत बर्ष पनि यो अवार्ड प्राप्त गरेको थियो । यसले पढाउने मात्र हैन, विद्यार्थीलाई सम्बन्धित क्षेत्रमा रोजगारीको अवसरसमेत उपलब्ध गराउँदे आएको छ ।


अस्ट्रेलियामा एज्ड केयर, नर्सिङ र डिस्याबिलिटिको क्षेत्र रोजगारी र आम्दानीका दृष्टिले उत्तम मानिन्छ । यो क्षेत्रमा नेपाली विद्यार्थीको लगाव पनि बढ्दै गएको छ ।


विशेषगरी नेपाली विद्यार्थीको भावना र चाहनालाई केन्द्रमा राखेर एड्भान्स कलेजले सीपमुलक तालिम र गुणस्तरीय शिक्षा दिदै आएको छ । संन् २०१९ देखी चाइल्ड केयर एजुकेशनमा समेत अध्यापन र तालिम दिदै आएको यो कलेजको मुल उद्देस्य गुणस्तरीय एजुकेशन र तालिम दिएर योग्य जनशक्ति उत्पादन नै हो ।

केही बर्षदेखी कलेजले आफ्नै नर्सिङ एजेन्सी मार्फत् धेरैलाई नर्सिङ् क्षेत्रमा रोजगारी उपलब्ध गराउदै आएको छ ।

तपाइँको प्रतिक्रिया