शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:१४ |सिड्नीको समय: २०:१४ |काठमाडौंको समय: १५:५९

एनएडिएफले आईतवार एसफिल्ड पार्कमा बार्विक्यू आयोजना गर्ने

एएनजेड खबरनोभेम्बर १२, २०२१
This image has an empty alt attribute; its file name is logo.png

अष्ट्रेलियामा रहेका प्रजतन्त्रवादीहरुको संस्था नेपाल अष्ट्रेलिया प्रजातान्त्रिक मञ्च(एनएडिएफ)ले भोली आईतवार नोभेम्वर १४ का दिन शुभकामना आदानप्रदान सहितको बार्विक्यू कार्यक्रम आयोजना गर्ने भएको छ ।


स्थानिय एसफिल्ड पार्कमा आयोजना गर्न लागिएको सो कार्यक्रममा लोकतान्त्रिक पक्षधर सिड्नीवासीहरुको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको एनएडिएफका अध्यक्ष सुरेन्द्र सापकोटाले एएनजेड खवरसंगको कुराकानीमा बताएका छन् ।


कोभिड १९ को डेल्टा भेरियन्टका कारण उत्पन्न लकडाउनले थलिएको सिड्नी पछिल्ला केहि सातादेखि सामान्य स्थितितर्फ उन्मुख हुदै गएको परिप्रेक्ष्यमा कार्यक्रम आयोजना गर्न लागिएको बताउदै अध्यक्ष सापकोटाले भने,‘यसविचमा परेका नेपालीहरुको महानचाडलाई विदाई गर्दैगर्दा प्रवासमा छरिएर रहेका नेपालीहरुविच शुभकामना आदानप्रदान गर्ने एउटा अवसरका रुपमा यो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।


एनएडिएफका उपाध्यक्षद्वय माधव गैरे र हरिभक्त अधिकारीले कार्यक्रमलाई भब्य बनाउन र आपसमा शुभकामना आदानप्रदान गर्न अष्ट्रेलियामा रहेका नेपालको लोकतन्त्रप्रति आस्थावान यहाँका नेपालीहरुको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको एएनजेड खवरलाई बताए ।


एनएडिफका महासचिव भिष्म भण्डारी, सचिव सत्यप्रकाश कँडेल, कोषाध्यक्ष प्रज्वल भट्टराई, सदस्य प्रकाश खरेल, विकाश सापकोटा, सन्देशराज भण्डारी, जनसम्पर्क अधिकृत हरिकृष्ण अधिकारी लगायतले कार्यक्रममा शुभकामना साटासाट गर्न सिड्नीवासी नेपालीलाई आईतवार दिउँसो एसफिल्ड पार्कमा आउन अनुरोध गरेका छन् ।

तपाइँको प्रतिक्रिया