धादिङ्ग समाजको अध्यक्षमा अर्जुन केसी र महासचिवमा हरिकृष्ण अधिकारी चुनिए
![This image has an empty alt attribute; its file name is Untitled-design-8-1024x542.jpg](https://www.anzkhabar.com.au/wp-content/uploads/2021/10/Untitled-design-8-1024x542.jpg)
अष्ट्रेलियामा बसोबास गर्दै आएका धादिङ्गबासीहरुको संस्था धादिङ्ग समाज अष्ट्रेलियाले वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न गरेको छ । आइतबार जुम मार्फत भएको सो अधिवेशनले अर्जुन केसीको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा यज्ञ अधिकारी चुनिएका छन् भने महासचिव पदमा हरिकृष्ण अधिकारी चयन भएका छन् ।
कार्य समितिको सचिव पदमा पुरुषोत्तम अधिकारी, कोषाध्यक्ष सनिता त्रिपाठी, प्रबक्ता बिनोद उप्रेती, वुमन कोअर्डिनेटर गीता लम्साल ओझा, युवा संयोजक रबिन्सन अधिकारी, सदस्यहरुमा सुमन परियार (एनएसडब्लु) करुणा अधिकारी ( तास्मेनिया ) सुस्मा छत्कुली (भिक्टोरिया), ज्योति सिंखडा (भिक्टोरिया), अनुप जंग बानियाँ (एनएसडब्लु), बिदुर अधिकारी ( एनएसडब्लु ) चयन भएका छन् ।
यसै गरि साधारण सभाले बिभिन्न राज्यका लागि राज्य संयोजक पनि चयन गरेको छ । न्यू साउथ वेल्स संयोजक शम्भु भण्डारी, एसीटि संयोजक राम चन्द्र उप्रेती, तास्मेनिया संयोजक उत्तम अधिकारी, भिक्टोरिया संयोजक बिनोद पौडेल, नर्दन टेरोटरी संयोजक नबिन भण्डारी, साउथ अष्ट्रेलिया संयोजक जीवन भण्डारी, पश्चिम अष्ट्रेलिया संयोजक दयाराम थापा मगर र क्विन्सल्याण्ड संयोजक शम्भु सिम्खडा चयन भएका छन् । संस्थाको सल्लाहाकारहरुमा संस्थाका संस्थापक अध्यक्ष किरण अधिकारी र निवर्तमान अध्यक्ष सबिन थपलिया बिधानत चयन भएका छन् ।
।
अष्ट्रेलिया स्थित नेपाली दूताबासका प्रतिनिधि यादब कोइरालाको प्रमुख आतिथ्यतामा जुम मार्फत सम्पन्न उक्त कार्यक्रममा एनएसडब्लुका बाणिज्यदूत दिपक खड्का, साउथ अष्ट्रेलियाका बाणिज्यदूत दिपक धमला, समुदायकी अगुवा इन्द्रा बन, एनआरएनएका केन्द्रीय उपाध्यक्ष मन केसी, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, महासचिब राजु बाबु अधिकारी, एनएसडब्लुका संयोजक देब गुरुङ, फ्रेन्ड्स अफ नेपाल अष्ट्रेलियन लिबरलका संयोजक श्री नापित लगायतको उपस्थिति रहेको थियो ।
निरु त्रिपाठी र राधिका बानियाँले सञ्चालन गरेको उक्त कार्यक्रमको सभापतित्व निवर्तमान अध्यक्ष सबिन थपलियाले गरेका थिए ।
नवनिर्बाचित अध्यक्ष अर्जुन केसीले संस्थाले आफूलाई यति ठूलो जिम्मेवारी दिएकोमा सबै अग्रज एबम् समाजका सबैलाई धन्यवाद दिँदै आउने कार्यकालमा सबै सँग हातेमालो गर्दै संस्थालाई थप उचाइमा पुराउने, छरिएर रहेका सबै धादिङ्गका अभियन्ताहरुलाई जोड्दै नयाँ र उल्लेखिनीय कार्य गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए ।
नवनिर्वाचित महासचिव हरिकृष्ण अधिकारीले प्रवाशको भूमिमा रहेका धादिङ्गबासीलाई एउटै छातामुनी ल्याएर सामाजिक र परोपकारी कार्य गर्दै अघि बढ्ने एएनजेडखबरसँगको कुराकानीमा बताए । सन् २०१४ मा किरण अधिकारीको अध्यक्षता गठन भएको धादिङ्ग समाज अष्ट्रेलिया यो बीचमा बिभिन्न सामाजिक र परोकारी कार्य गर्दै संस्थालाई अष्ट्रेलियाबासी सबै नेपालीको लागि प्रिय बन्न सफल समाजका रुपमा परिचित भएको र यही परिचयलाई थप उचाइमा पुर्याउने जिम्मेवारी आफूहरुको काँधमा आइपरेको पनि महासचिव अधिकारीको तर्क थियो ।
तपाइँको प्रतिक्रिया