प्रधानमन्त्रीलाई धन्यवाद भन्दै गृहमन्त्रीले बुझाए राजीनामा
एएनजेड खबरसेप्टेम्बर ९, २०२५
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । जेन जी प्रदर्शन हिंसात्मक बनेपछि उनले सोमबार साँझ राजीनामा बुझाएका हुन् ।
मन्त्रीको सचिवालयका अुनसार लेखकले सोमबार अपराह्न कांग्रेस पदाधिकारी बैठकमा आफूले नैतिकताका आधारमा सरकारमा बसिरहन नसक्ने जानकारी गराएका थिए ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा लेखकले राजीनामा बुझाएको सचिवालयले जनाएको छ । ठूलो घटना भएकाले नैतिकताका आधारमा जिम्मेवारी लिँदै पदबाट हट्ने उनले बताएका थिए । उनले हालसम्मको सहयोगका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद समेत दिएका छन् ।
सोमबार जेन जीको काठमाडौंलगायत देशका मुख्य शहरहरूमा भएको प्रदर्शनको क्रममा १९ जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भइसकेको छ । काठमाडौंमा १७ जनाको मृत्यु भएको छ भने इटहरीमा दुई जनाको मृत्यु भएको छ ।
तपाइँको प्रतिक्रिया