मंगलबार, भदौ २४, २०८२ |Tue Sep, 2025
अक्ल्याण्डको समय: २१:५६ |सिड्नीको समय: १९:५६ |काठमाडौंको समय: १५:४१

युरोपतिर मोडिए नेपाली : रोजगारीका लागि एक बर्षमा ६६ हजारभन्दा बढी गए

एएनजेड खबरसेप्टेम्बर ९, २०२५

काठमाडौं । युरोपमा रोजगारीमा जाने नेपालीको संख्या बढेको छ । मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको हो ।

युरोपका १०–१२ देशमा गएका श्रमिकमध्ये संस्थागतभन्दा व्यक्तिगत रूपमा जाने बढी छन् । विभागका अनुसार गत आवमा युरोपमा १२ देशमा ७८ हजारभन्दा बढी युवा गएकोमा व्यक्तिगत रूपमा जाने ८० प्रतिशतभन्दा बढी रहेका छन् भने संस्थागत रूपमा जाने २० प्रतिशत मात्रै छन् ।

आर्थिक वर्ष २०८१।८२ मा युरोपमा ७६ हजारभन्दा बढी युवा रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । वैदेशिक रोजगार विभागका अनुसार गत आवमा आठ लाख ३९ हजार २६६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकोमा त्यो सङ्ख्याले युरोपका लागि श्रम स्वीकृति लिएर गएका छन् ।

तीन आवमा वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क विश्लेषण गरेर हेर्दा युरोप जानेको सङ्ख्या क्रमशः बढेको छ । अघिल्लो आव २०८०।८१ मा युरोपका क्रोएसिया, साइप्रस, जोर्डन माल्टा, मौरिसस, रोमानिया र पोल्यान्ड, साइबेरियालगायतका देशमा जाने युवाको सङ्ख्या ६६ हजारभन्दा बढी छ जबकि आव २०८०।८१ मा सो अवधिमा रोमानिया, क्रोएसिया, साइप्रस, जोर्डन, माल्टा, मौरिसस, पोर्चुगल, पोल्यान्ड, टर्की, इटाली, साइबेरियालगायतका युरोपेली देशमा ६६ हजारभन्दा बढी रोजगारीका लागि गएका थिए ।

आव २०७९।८० मा क्रोएसिया, साइप्रस, जोर्डन, माल्टा, मौरिसस, रोमानिया र पोल्यान्ड, साइबेरियालगायतका देशमा झन्डै ५० हजार रोजगारीका लागि गएका थिए । युरोप जान संस्थागत रूपमा असुली गर्नेले समेत विज्ञापन गर्दा ५०।६० हजार उल्लेख गरेर पाँच लाखदेखि १४ लाखसम्म असुल्ने गरेको पाइन्छ । यसरी असुली हुने रकमको आधाभन्दा बढी रकम विदेशकै एजेन्टलाई जाने गरेको छ ।

तपाइँको प्रतिक्रिया