शुक्रबार, वैशाख २६, २०८२ |Fri May, 2025
अक्ल्याण्डको समय: १७:०० |सिड्नीको समय: १५:०० |काठमाडौंको समय: १०:४५

कांग्रेस सांसद पक्राउ गरेको भन्दै एमालेले गर्यो संसद बैठक अवरोध !

एएनजेड खबरअगस्ट ११, २०२३

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नाराबाजी गरेपछि आज बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ।

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठनको पुरानै माग र कांग्रेस सांसद सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेकोमा आपत्ति जनाउदै विरोधमा उत्रेको हो।

बैठकमा एमालेका सांसदहरुले अवरोध गरेपछि सत्तापक्षका सांसदहरुले पनि उठेर विरोध गरेका थिए। एमालेकी सांसद ज्वालाकुमारी साहलाई सभामुखले बोल्न समय दिएपछि सत्तापक्षका सांसदहरुले त्यसलाई अवरोध गर्ने रणनीतिका साथ उठेर विरोध गरेका थिए।

सांसद शाहले कांगेस सांसदलाई सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको विरोध गर्दै राजिनामा मागेको कारण पक्राउ गरिएको भन्दै रिहाइको माग गरेकी थिइन् ।

तपाइँको प्रतिक्रिया