मंगलबार, असार १७, २०८२ |Tue Jul, 2025
अक्ल्याण्डको समय: ००:२२ |सिड्नीको समय: २२:२२ |काठमाडौंको समय: १८:०७

सय किलो सुन काण्ड – हालसम्म १० जना समातिए (नाम सहित )

एएनजेड खबरजुलाइ २१, २०२३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सय केजी सुन तस्करी प्रकरणमा १० जनालाई  राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले पक्राउ गरेको छ। 

विभागबाट खटिएको टोलीले हिजो साँझसम्म एक चिनियाँ र भारतीय नागरिकसहित १० जनालाई पक्राउ गरेको हो। उनीहरू काठमाडौँको छुट्टाछुट्टै स्थानबाट हिजो  पक्राउ परेका हुन्। 

पक्राउ पर्नेहरूमा जिक्वाङ लिङ (चिनियाँ नागरिक) ,थिप्तेन छिरिङ (तिब्बतीय मूलका भारतीय नागरिक),रामकुमार भुजेल (दोलखा),दिलीप भुजेल (दोलखा), हर्कराज राई (भोजपुर),अशोक लामा (ट्याक्सी चालक , राजन श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ) ,कृष्ण श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ), पुष्करराज भट्ट (ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक)र राजेन्द्र राई (भन्सार एजेन्ट) रहेका छन्। 

पक्राउ परेकामध्ये ६ जनाविरुद्ध अदालतबाट म्याद थप भइसकेको छ। साँझसम्ममा अन्य ४ जना पक्राउ परेका हुन्। 

तपाइँको प्रतिक्रिया