शनिबार, वैशाख २७, २०८२ |Sat May, 2025
अक्ल्याण्डको समय: ११:२१ |सिड्नीको समय: ०९:२१ |काठमाडौंको समय: ०५:०६

राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

एएनजेड खबरजुलाइ ७, २०२३

 विश्वकप क्रिकेट छनोटका लागी जिम्बाव्वे टुरमा रहेको  नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएको छ।  टोलीलाई नेपाल क्रिकेट सङ्घ क्यानका पदाधिकारी तथा क्रिकेट समर्थकले विमानस्थलमा स्वागत गरेका छन् ।

विश्वकप क्रिकेटको सुपर सिक्समा पुग्न नसकेको नेपाल १० टिम सहभागी प्रतियोगितामा आठौँ हुँदै घर फर्केको हो ।स्वदेश फर्केपछि विमानस्थलमा पत्रकारसित कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले विश्वकप छनोटमा सोचे अनुसारको नतिजा नआए पनि धेरै कुरा सिकेको बताए ।

एशोसिएटकै बलिया टिम र टेष्ट टिमसँग खेल्दाको अनुभव अबका प्रतियोगितामा उपयोग गर्ने उनले बताए । फुल मेम्बर टिमसँग खेल्न पायौँ भने हामीले पनि उनीहरूलाई हराउन सक्छौँ भन्ने आत्मविश्वास बढेको पौडेलले बताए ।

तपाइँको प्रतिक्रिया