मंगलबार, भदौ ३१, २०८२ |Tue Sep, 2025
अक्ल्याण्डको समय: ०६:५० |सिड्नीको समय: ०४:५० |काठमाडौंको समय: ००:३५

डा.उपेन्द्र महतोको घरमा लुटपाट र आगजनी : राजनीतिसँग जोडिएकोमा गम्भीर आपत्ति

एएनजेड खबरसेप्टेम्बर १६, २०२५

काठमाडौ । गैरआवासीय नेपाली संघ एनआरएनएका संस्थापक अध्यक्ष तथा उद्यमी डा.उपेन्द्र महतोले आफूलाई राजनीतिक गतिविधिसँग जोडेर प्रस्तुत भइरहेकाप्रति आपत्ति जनाएका छन् । उनको कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा डा.महतो कुनै पनि राजनीतिक पदमा नरहेको र कुनै दल वा राजनीतिक संलग्नता नभएको स्पष्ट पारिएको छ।

विज्ञप्तिमा महतोको पहिचान उद्यमशीलता, लगानी र समाजसेवामा आधारित रहेको भन्दै राजनीतिज्ञका रूपमा चित्रण गर्नु पूर्णतः भ्रामक र गलत भएको उल्लेख छ । स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जना र राष्ट्रिय विकासका क्षेत्रमा डा.महतोले पुर्याएको योगदानलाई उल्लेख गर्दै विज्ञप्तिमा उनको कामले नेपाल मात्र नभई विदेशमा समेत सकारात्मक प्रभाव पारेको बताइएको छ ।

उनको पक्षबाट सबै सञ्चारमाध्यम र सरोकारवालालाई विश्वसनीय स्रोतमा आधारित भएर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ । जेनजी आन्दोलनका क्रममा उनको घरमा लुटपाट र आगजनी गरिएको थियो । राजनीतिक दलको नेता भनेर उनको निवासमाथि हमला भएको आशंका गरिएको छ ।

तथापी, जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई मेडिसिटी अस्पतालमार्फत निःशुल्क उपचार उपलब्ध गराइरहेका छन् । महतोले जीवनभर स्वास्थ्य सेवा र शिक्षामा लगानी गरेका छन्।

तर यति ठूलो योगदान बेवास्ता गर्दै उहाँलाई राजनीतिज्ञ भनेर चिनाउने प्रवृत्ति देखिनु अन्यायपूर्ण भएको आलोचना उठेको छ। सामाजिक सेवाभावना र स्वास्थ्य क्षेत्रमा गरेको योगदानलाई सम्मान गर्नुपर्नेमा राजनीतिक चश्माले मात्र मूल्याङ्कन गर्नु गलत भएको टिप्पणी गरिएको छ। नेपालको एक सफल व्यवसायी, उद्यमी, र समाजसेवीको पहिचान बनाएका उनले रुसमा समेत व्यापारिक सफलता प्राप्त गरेका छन् । एनआरएनएका संस्थापक उनीमाथि राजनीतिक पूर्वाग्रस साचिएकोप्रति आशंका पैदा गरेको छ ।

तपाइँको प्रतिक्रिया