सोमबार, भदौ ३०, २०८२ |Tue Sep, 2025
अक्ल्याण्डको समय: ०५:०३ |सिड्नीको समय: ०३:०३ |काठमाडौंको समय: २२:४८

अष्ट्रेलियामा जलवायु जोखिम : समुद्री सतह वृद्धिको प्रभावमा १५ लाख मानिस

एएनजेड खबरसेप्टेम्बर १६, २०२५

एजेन्सी । बढ्दो जलवायु जोखिमको असर अष्ट्रेलियामा देखिन थालेको छ । सन् २०५० सम्ममा १५ लाखभन्दा बढी नागरिक समुद्री सतह वृद्धिको प्रत्यक्ष प्रभावमा पर्ने एक प्रतिवेदनमा उल्लेख छ ।

 प्रतिवेदनले तापक्रम वृद्धिले अष्ट्रेलियाको जीवनशैलीमा ‘सिलसिलाबद्ध, जटिल र एकै पटक असर गर्ने’ प्रकारका चुनौती निम्त्याउने उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार, सन् २०९० सम्म जोखिममा पर्ने जनसंख्या दोब्बर भएर ३० लाख पुग्न सक्छ । विशेषगरी उत्तरी अष्ट्रेलियास्थित टोरेस स्ट्रेट टापुहरूमा समुद्री सतह वृद्धि औसतभन्दा छिटो भइरहेको छ ।

यसैबीच, अष्ट्रेलियाले छिट्टै पेरिस जलवायु सम्झौताअन्तर्गत नयाँ उत्सर्जन कटौती लक्ष्य सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । रिपोर्टले आर्थिक असर पनि गम्भीर हुने देखाएको छ । सन् २०५० सम्म अष्ट्रेलियाली सम्पत्तिको मूल्य ६११ अर्ब अष्ट्रेलियन डलरले घट्न सक्ने अनुमान गरिएको छ, जुन सन् २०९० सम्म ७७० अर्बसम्म पुग्न सक्छ ।

तापक्रम ३ डिग्री सेल्सियस बढे सिड्नी जस्ता शहरमा गर्मीजन्य मृत्यु दर ४०० प्रतिशतभन्दा बढीले बढ्ने खतरा उल्लेख गरिएको छ । जलवायु काउन्सिलकी प्रमुख कार्यकारी अमान्डा म्याकेन्जीले यस प्रतिवेदनलाई ‘डरलाग्दो’ भनेकी छन् । 

तपाइँको प्रतिक्रिया