बिहीबार, साउन १६, २०८२ |Fri Aug, 2025
अक्ल्याण्डको समय: ०२:४९ |सिड्नीको समय: ००:४९ |काठमाडौंको समय: २०:३४

युएसएआइडी बन्द : सबैभन्दा बढी जोखिममा एलजीबीटीआई, संक्रमितलाई बचाउन कठिन

एएनजेड खबरजुलाइ ३१, २०२५

-युवराज गौतम

काठमाडौँ । नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजीबीटीआई) समुदायका लागि स्वास्थ्य सेवा सधैँ उपेक्षित र सीमित रहँदा समस्या गहिरिदै गएको छ । यतबेला अमेरिकी सरकारले डोनाल्ड ट्रम्प प्रशासनको कार्यकाल सुरु भएसँगै लैङ्गिक तथा यौनिक स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूको अनुदान अचानक कटौती भएपछि एचआइभी संक्रमितहरुको अवस्था नाजुक बन्दै गएको छ । २० भन्दा बढी क्लिनिकहरू बन्द भएका छन् ।

अमेरिकी ट्रम्प प्रशासनले यौनिक तथा प्रजनन स्वास्थ्य कार्यक्रमहरूमा व्यापक कटौती गरेपछि नेपालमा पनि यसको गम्भीर असर देखिएको छ। धेरैजसो क्लिनिकहरू अन्तर्राष्ट्रिय सहयोगमा सञ्चालित थिए, जसले एलजीबीटीआई समुदायका लागि सुरक्षित, गोपनीय र सहज सेवा प्रदान गर्दै आएका थिए। अनुदान रोकिएपछि यी सेवा बन्द हुँदा समुदाय पुनः जोखिममा परेको छ ।

यता, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) सहयोग कटौतीपछि एचआईभी÷एड्स रोकथाममा थप चुनौती देखिएको छ । ब्लू डाइमण्ड सोसाइटीमा आवद्ध ज्योति थापाले आफ्ना समूदायका व्यक्तिहरु बढी प्रभावित भएको सुनाइन्।

उनले युएसएआइडीको सहयोगमा २०–२१ वटा जिल्लाहरुमा एचआईभी एड्स रोकथामको लागि उपचार केन्द्रहरु सञ्चाल गरी सेवा दिइरहेको भएपनि सहयोग कटौती हुँदा समस्या भएको बताइन्।

सहयोग नै नआएपछि सोसाइटीले आफ्नो सेवाहरु सञ्चालन गर्न नसकिरहेको बताइन्। थापाले युएसएआइडीको सहयोग बन्द भएसँगै नेपालमा एचआईभीको संक्रमण पनि बढ्ने जोखिम रहेको बताइन्। उक्त सहयोग कटौंतीको असर प्रत्यक्ष रुपमा देखिन थालेको बताइन्।

उनले भनिन्,युएसएआइडीको प्रोजेक्ट या सहयोग नेपालमा जुन भइरहेको थियो त्यो बन्द भयो। जसले गर्दा ब्लु डाइमण्ड सोसाइटीबाट चलिरहेका ठूला कार्यक्रम एचआईभी(एड्स रोकथाम उपचार केन्द्र र अधिकारको वकालतका कार्यक्रमहरु देशका २० देखि २१ जिल्लाहरुमा राम्रोसँग चिलिरहेका कार्यक्रम धरापमा परेका छन्।’ एचआईभी(एड्सलाई २०३० सम्म अन्त्य गर्ने सरकारको लक्ष््यमा पुग्न कठिन हुने देखिएको छ ।

हुन पनि सहायता बन्द हुँदा सन् २०३० सम्ममा विश्वका सबैभन्दा कमजोर एक करोड ४० लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने अनुमान पनि लगाउन थालिएको छ । एक सय ३३ राष्ट्रको तथ्याङ्कलाई हेर्दा अनुसन्धानकर्ताहरूको अन्तर्राष्ट्रिय टोलीले युएसएड कोषले सन् २००१ देखि २०२१ सम्म विकासशील देशहरूमा नौ करोड १८ लाखको मृत्यु रोकेको अनुमान गरेको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार नेपालमा ७६ प्रतिशत एचआईभी असुरक्षित यौन सम्पर्क र सुईद्वारा लागुपदार्थ प्रयोगकर्ताको माध्यमबाट सर्ने देखिएको छ। नेपालमा एचआइभीको उच्च जोखिममा सुईद्वारा लागु पदार्थ प्रयोग गर्ने,यौनकर्मी र पुरुष समलिंगी तथा तेस्रोलिंगीहरू रहेका छन्।

विशेषगरी यौनिक तथा लैङिक अल्पसंख्यक समूदाय केन्दीत २० वटा जिल्लाहरुमा एचआईभी एड्स रोकथामको लागि उपचार केन्द्रहरु सञ्चाल गरी सेवा दिदै आएकोमा हाल सहयोग कटौती भएको छ । सहयोग बन्द भएसँगै नेपालमा एचआईभीको संक्रमण पनि बढ्ने जोखिम बढ्न थालेको छ ।

नेपालमा एचआइभी एड्स संक्रमितको अनुमानित संख्या ३० हजार भन्दा बढी रहेको सरकारी तथ्यांकले देखाएको छ । नेपालमा मुख्य जोखिम समूहमा मात्र एचआइभीको संक्रमण अवस्था रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी जनस्वास्थ्य प्रशासक अस्मिता ओझाले बताईन् । उनका अनुसार मुख्य जोखिम समूह पुरुषसँग यौन सम्पर्क गर्ने पुरुषहरु, लैङ्गिक अल्पसंख्यक व्यक्तिहरु, महिला यौनकर्मीहरु, लागुऔषध सुई प्रयोग गर्ने व्यक्तिहरु, आप्रवासी व्यक्तिहरु रहेका छन् ।

उनकाअनुसार नयाँ संक्रमणको वार्षिक दर पनि ६ सय १४ छ भने एड्ससँग मृत्युको संख्या ५६९ रहेको छ भन एचआइभी संक्रमित गर्भवती महिलाको संख्या २ सय २७ रहेको छ । उनले भनिन्न् हामीले गरेको स्टडीले अनुसार मुख्य जोखिम समूह भनेको विशेष गरी सेक्सवर्करहरु, ट्रान्सजेण्डर व्यक्तिहरु र जेलमा भएको व्यक्तिहरु रहेका छन् ।

तपाइँको प्रतिक्रिया