बिहीबार, साउन १६, २०८२ |Thu Jul, 2025
अक्ल्याण्डको समय: ०६:३९ |सिड्नीको समय: ०४:३९ |काठमाडौंको समय: ००:२४

नर्दन टेरिटोरीका नेपालीमा केन्द्रित उद्धव खड्काको उमेदवारी

एएनजेड खबरजुलाइ २४, २०२५

जुलाई २६ शनीबार हुन गइरहेको एनआरएनए निर्वाचनमा नर्दन टेरिटोरीको राज्य समन्वय परिषद (एससिसी)को सहसचिवका लागि उमेदवारी दिएका उद्धव खड्काले उक्त राज्यका नेपाली समुदायका समस्या समाधानमा आफू लाग्ने बताएका छन्। एएनजेडसँगको कुराकानीमा उनले उक्त राज्यमा नेपाली समुदायका व्यक्तिका फरक किसिमका समस्या समेत रहेको बताएका छन्।


अष्ट्रेलियाका नेपाली समुदायमा समाजमा अन्तरघुलन लगायतका चुनौति सबै राज्यमा भए पनि नर्दन टेरिटोरीमा नेपाली समुदायलाई काम पाउन, अन्य समुदायसँग मिलेर बस्न, शैक्षिक र व्यवसायिक अवसरहरु पहिचान गर्ने विषयमा पनि चुनौति रहेको उनले बताएका छन्। नर्दन टेरिटोरीमा नेपाली समुदायको संख्या कम भएकोले अद्यावधिक सुचना र जानकारी सहित अन्य किसिमका सहयोगको बढी जरुरत पर्ने खड्काले औंल्याएका छन्।
नर्दन टेरिटोरीमा नेपाली समुदायका विद्यार्थी, व्यापारी व्यवसायी र अन्य पेशामा रहेका व्यक्तिहरुबीच अर्थपूर्ण सामाजिकीकरण प्रोत्साहित गर्ने आफ्नो र आफ्नो टिमको योजना रहेको खड्काले बताएका छन्।
नेपाली राजनीतिको ध्रुविकरणको छायाँ यहाँका नेपालीमा पनि पर्नु दुर्भाग्यपूर्ण रहेको खड्का बताउँछन्। त्यसले गर्दा नेपाली समुदायका वास्तविक समस्या र चासो भन्दा पनि समूह र गुट हावी हुने संभावना रहेको उनी ठान्छन्। नेपाली समुदायको लगानी र सामाजिक पहलमा सक्रियतापूर्वक सहयोग गर्न एनआरएनए विशुद्ध रुपमा समुदायको रुचिमा केन्द्रित हुनुपर्ने खड्काको धारणा छन्।
नेपाली समुदायका क्रियाकलापमा सक्रियतापूर्वक लाग्दै आएका खड्का बौद्धिक व्यक्तिका रुपमा चिनिन्छन्।

तपाइँको प्रतिक्रिया