बिहीबार, साउन १६, २०८२ |Thu Jul, 2025
अक्ल्याण्डको समय: ०६:२६ |सिड्नीको समय: ०४:२६ |काठमाडौंको समय: ००:११

एनआरएनए एजेन्डामा आधारित हुनुपर्नेमा जोड

एएनजेड खबरजुलाइ २३, २०२५

आगामी जुलाई २६ मा हुन गइरहेको एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी)मा दुई उमेदवारले एनआरएनए निश्चित समूहको आकांक्षामा भन्दा पनि एजेन्डामा आधारित हुनुपर्नेमा जोड दिएका छन्। सिडनीका हरिकृष्ण अधिकारी र एडिलेडका विष्णु तिवारीले एएनजेडखबरसँग यस्तो धारणा व्यक्त गरेका हुन्।

हरिकृष्ण अधिकारी

नेपाली डायस्पोराको हक हित संरक्षण गर्ने र खासगरी डायस्पोरालाई मातृभूमि नेपालसँग जोड्ने मुख्य उद्देष्यलाई प्राथमिकतामा राख्नबाट एनआरएनए पछाडि हट्न नहुनेमा अधिकारी र तिवारी दुबैले जोड दिएका छन्। निर्वाचनका बेला आदर्श र रुचिका समानताका आधारमा समूह बनेपनि निर्वाचनपछि सबैजना संस्थाको उद्देष्यका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उनीहरु बताउँछन्।

विष्णु तिवारी

नेपालमा लगानी गर्ने, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा योगदान गर्ने विषयमा एनआरएनएलाई सक्रियतापूर्वक अगाडि बढाउनुपर्ने तिवारीको धारणा छ। नेपालका सामाजिक क्षेत्रमा सहयोग गर्दा पिछडिएको क्षेत्र रोज्नुपर्नेमा अधिकारीले जोड दिएका छन्।
अधिकारी र तिवारी दुवै यसअघि पनि अष्ट्रेलियास्थित नेपाली समुदाय र एनआरएनएका गतिविधिमा सक्रियतापूर्वक लाग्दै आएका छन्।

तपाइँको प्रतिक्रिया