अस्ट्रेलियाको पर्थमा ‘महाभोज’को प्रिमियर
सिड्नी । आन्दोलनका कारण नेपालमा चलचित्र ‘महाभोज’को बिहिबार रिलिज स्थगित गरिएको थियो । यहि चलचित्रको अस्ट्रेलियामा पहिलो प्रिमियर भएको छ । यो चलचित्रको शनिवार, अस्ट्रेलियाको पर्थस्थित ग्यालेरिया सपिङ सेन्टरको इभेन्ट सिनेमामा प्रिमियर सम्पन्न भएको आयोजक पक्षले जनाएको छ ।
शनिवार साँझ ६ बजेबाट सुरु भएको प्रिमियर त्यहाँका धेरै नेपालीहरूको उपस्थिति रहेको यसको निर्माण पक्षले जनाएको छ । पर्थमा प्रिमियरसँगै यसको प्रदर्शनको जिम्मा पनि त्यहाँको आयोजक र अस्ट्रेलिया वितरक रोटेपिङ इन्टरटेन्मेन्टले लिएको छ ।
‘नेपालमा प्रदर्शन रोकिए पनि अस्ट्रेलियाको प्रिमियर भने यथावत् राखिएको छ । छोटो समय र तयारीको व्यस्तताका कारण चलचित्र टोलीका प्रमुख कलाकार र मैले उपस्थित जनाउन नसकेको हो,’ निर्देशक दिनेश राउतले राजधानीसँग भने । प्रिमियरसँगै त्यहाँ चलचित्र रिलिज गर्न लागिएकाले आफूहरू केही दिन पछि जापानका विभिन्न सहरको सोहरूलाई लक्षित गरेर सहभागी हुने पनि उनले जानकारी गराए ।
यो चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख अभिनय रहेको छ । क्लक वर्क क्रिएशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यो चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।
तपाइँको प्रतिक्रिया