शनिबार, फागुन ३, २०८१ |Sat Feb, 2025
अक्ल्याण्डको समय: १६:११ |सिड्नीको समय: १४:११ |काठमाडौंको समय: ०८:५६

अष्ट्रेलियामा एकमहिने महजात्रा सकियो, स्वदेश फर्कियो टोली

एएनजेड खबरजुन ३०, २०२४

काठमाडौं । ख्यातिप्राप्त हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको साथमा कलाकारहरूको टोली एकमहिने महजात्रा कार्यक्रम सकी काठमाडौं फर्केका छन्।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको साथमा किरण केसी (राता मकै), नरेन्द्र कंसाकार, संगीतकार शिलाबहादुर मोक्तान र गयिका कुन्ती मोक्तान अस्ट्रेलियाको पर्थ, क्यानभारा, सिड्नी मेलबर्न र यडिलट तथा न्युजिल्यान्डको अकल्यान्ड र क्राइस चर्चमा गरी ७ स्थानमा प्रस्तुति दिएर मंगलबार नेपाल फर्किएका हुन्।

अस्ट्रेलिया र न्युजिल्यान्डमा सोल्यान्सर नामक संस्थाले महजात्रा आयोजना गरेको हो। कार्यक्रममा महजोडीका साथमा किरण केसीले गीत संगीत तथा तीन प्रहसन प्रस्तुत गरेका थिए।

‘धेरैअघि पनि अस्ट्रेलियाका सात राज्यमा कार्यक्रम गरेको थियौँ। यसपटक पनि हामीले त्यहाँका दर्शकलाई हाम्रा प्रस्तुतिमार्फत सक्दो मनोरन्जन प्रदान गर्‍यौं। दर्शकबाट सर्वाधिक माया प्रेम र स्नेह पायौँ,’ किरणले भने ‘अस्ट्रेलिया र न्युजिल्यान्डको कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। सबै ठाउँको कार्यक्रम उत्साहजनक र स्मरणीय भयो।’

तपाइँको प्रतिक्रिया