शनिबार, साउन १२, २०८१ |Sun Jul, 2024
अक्ल्याण्डको समय: ०३:४० |सिड्नीको समय: ०१:४० |काठमाडौंको समय: २१:२५

सन्दीपलाई अमेरिकाले भिसा नदिएपछि क्यानभित्रको राजनीति छरपष्ट

एएनजेड खबरमे २३, २०२४

काठमाडौँ । अमेरिकाले उच्च अदालतबाट बलात्कार मुद्दामा सफाइ पाएर टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका जान लागेका सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।

सन्दीपले अमेरिकाले आफ्रूलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन् । उनलाई यसअघि सन् २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । सन्दीप आईसीसी टी-२० विश्वकपका लागि नेपाली टिममा सामेल हुन अमेरिका जाने तयारीमा रहेका थिए ।

पाटन उच्च अदालतले सफाई दिएपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई टिममा सामेल गर्ने प्रक्रिया शुरु गरेको थियो । भिसा नपाउनुका कारणबारे विभिन्न कोणबाट टिका टिप्पणी भइरहेको छ । भिसा नदिने निकायको आवरणमा काठमाडौंमा रहेको अमेरिकन राजदूतावास भए पनि भित्री खेल क्यानकै पदाधिकारी र केही सदस्यको रहेको पक्का छ ।

क्यानले नै खेलाडीदेखि सबैको भिसाका लागि पहल गरेको थियो । यदि सच्चा मनका साथ क्यानले पहल गरेको भए सन्दीपले भिसा नपाएको खबर सुन्नु नै पर्ने थिएन । यसअघि पटक पटक अमेरिका गइसकेका सन्दीपविरुद्ध अदालतमा मुद्दा परेपछि विगतको भिसा रद्द गरिएको जानकारी पनि ढिला गरी दिइएको थियो ।

क्यानले सन्दीपको भिसा प्रक्रिया जति नै अगाडि बढाएका छौं भनेपनि टिम भित्रको आन्तरिक राजनीति पनि यतिबेला छरपष्ट भएको छ । नेपाली टिममा सन्दीप मात्रै खेलाडी छैनन् । अरु खेलाडीलाई अपमान गर्न खोजिएको पनि होइन । तर विश्वकपमा सन्दीपको अभाव नेपाली क्रिकेट टिमलाई खड्किने पक्का छ ।

आसन्न टी–२० विश्वकप अहिले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणलाई विर्साउने गरी मानव तस्कर हुन लागेको समाचार सञ्चारमाध्यममा आइसकेका छन् भने केही पदाधिकारी र सदस्यहरुका श्रीमती, भाइ र छोराछोरीको भिसा लागि सकेको अवस्थामा अदालतबाट सफाइ पाइसकेको विषय उठाएर सन्दीपलाई भिसा नदिनु भनेको नेपाली क्रिकेटमाथिको गम्भीर अन्याय हो ।

तपाइँको प्रतिक्रिया