शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:२८ |सिड्नीको समय: २०:२८ |काठमाडौंको समय: १६:१३

प्रदीप तिमल्सिना र अभिषेक खड्का भानु-भवानी पत्रकारिता पुरस्कारवाट पुरस्कृत

एएनजेड खबरमे १९, २०२४

क्यानबेरा । अष्ट्रेलियामा रहेर नेपाली भाषा तथा साहित्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै दुई जना संचारकर्मीलाई ‘भानु भवानी पत्रकारिता पुरस्कार २०८१’बाट पुरस्कृत गरिएको छ।

अष्ट्रेलियाको राजधानी क्यानवेरामा शनिबार आयोजित एक कार्यक्रममा संचारकर्मी प्रदीप तिमल्सिना र अभिषेक खड्कालाई भानु भवानी पत्रकारिता पुरस्कार २०८१ द्वारा सम्मान गरिएको हो ।

साहित्यकार स्वर्गीय भवानी घिमिरेको सम्झनामा सो पुरस्कार २०७० साल देखि प्रदान गरिदै आइएको छ।क्यानबेरामा भानु परिवारद्वारा आयोजित एक बिशेष कार्यक्रममाझ अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले तिमल्सिना र खड्कालाई सो सम्मान प्रदान गरेका हुन ।

भवानी घिमिरेले नेपाली साहित्यिक क्षेत्रमा पुर्याएको योगदानलाई स्मरण गर्दै उनको सम्मानमा अष्ट्रेलियामा सकृय रहँदै आएका तिमल्सिना र खड्कालाई सम्मान गरिएको परिवारले जानकारी दिएको हो । उनी भानु भवानी नामले साहित्य क्षेत्रमा चर्चित साहित्यकार हुन।

कार्यक्रममा प्राध्यापक डा=गार्गी शर्मा, साहित्यकारहरु बसुधा नेपाल पोखरेल,शिबानी भट्टराई घिमिरे, ज्ञानुवाकर पौडेल, त्रिपूरा पौडेललगायतको उपस्थिति थियो भने सहित्यकारहरुले आफ्ना रचना वाचन गर्दै स्वर्गीय घिमिरेले नेपाली साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए।

साहित्यकार घिमिरेकी छोरी महत्ता चापागाईंले बुवाको नाममा स्थापित पुरस्कार अब हरेक वर्ष अष्ट्रेलियामा नै प्रदान गरिने जानकारी दिइन। पुरस्कारको राशी खुलाइएको छैन।

तपाइँको प्रतिक्रिया