आइतबार, माघ २७, २०८१ |Mon Feb, 2025
अक्ल्याण्डको समय: ०६:५७ |सिड्नीको समय: ०४:५७ |काठमाडौंको समय: २३:४२

भीमप्रसाद उपाध्ययलाई ५० हजार रुपैयाँ धरौटी माग

एएनजेड खबरअप्रिल २९, २०२४

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्वसचिब भीमप्रसाद उपाध्ययलाई विशेष अदालतले ५० हजार रुपैयाँ धरौटी माग गरेको छ। उपाध्याय मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भनी दायर मुद्दाका प्रतिवादी थए ।

उपाध्याय आइतबार अदालतमा उपस्थित भएका थिए। यस मुद्दामा अदालतमा उपस्थित हुने उनी दोस्रा प्रतिवादी हुन्। यसअघि रुद्रसिंह तामाङ पनि उपस्थित भइसकेका छन्। मेलम्चीमा झन्डै सात अर्ब रुपैयाँ अनियमितता भएको अख्तियारको दाबी छ।

गत ६ फागुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना पूर्वसचिवसमेत १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो। उपाध्यायविरुद्ध चार करोड ११ लाख बिगो कायम गर्दै मुद्दा दायर भएको हो। उनी मेलम्ची खानेपानी विकास समिति बोर्डको तत्कालीन अध्यक्ष हुन् भने खानेपानी मन्त्रालयका सचिवसमेत रहिसकेका छन्।

तपाइँको प्रतिक्रिया