बिहीबार, चैत ६, २०८१ |Fri Mar, 2025
अक्ल्याण्डको समय: ०३:२६ |सिड्नीको समय: ०१:२६ |काठमाडौंको समय: २०:११

चेक रिपब्लिककी क्रिस्टिना पिस्कोभालाई मिस वर्ल्ड २०२४ को उपाधि

एएनजेड खबरमार्च १०, २०२४

एजेन्सी । चेक रिपब्लिककी क्रिस्टिना पिस्कोभाले मिस वर्ल्ड २०२४ को उपाधि जितेकी छन्। शनिबार राति भारतको मुम्बईको जियो कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा पिस्कोभालाई विजयी घोषणा गरिएको हो।

क्रिस्टिना ११७ देशका प्रतिस्पर्धी सुन्दरीलाई पछि पार्दै ७१ औं मिस वर्ल्डको उपाधि जित्न सफल भएकी हुन्। २४ वर्षिया पाइस्कोभा पेशाले अन्तर्राष्ट्रिय मोडल, स्वयंसेवक र विद्यार्थी हुन्।

मिस वर्ल्ड २०२२ क्यारोलिना विलाव्स्काले उनलाई ताज लगाइदिइन्। एसियाली मुलुक लेबनानकी यास्मिना जायतौन फस्ट-रनरअप घोषित भइन्।

तपाइँको प्रतिक्रिया