सोमबार, वैशाख ८, २०८२ |Tue Apr, 2025
अक्ल्याण्डको समय: ०५:३१ |सिड्नीको समय: ०३:३१ |काठमाडौंको समय: २३:१६

सिटौला राष्ट्रिय सभा संसदीय दलको नेतामा चयन

एएनजेड खबरमार्च ९, २०२४

काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेता पदमा मनोनीत भएका छन् । नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई सो पदमा मनोनयन गरेका हुन् ।

निजी सचिव केशवराज जोशी सभापति देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१)बमोजिम सिटौलालाई संसदीय दलको नेता पदमा मनोनयन गरेको विज्ञप्ती मार्फत जानकारी दिएका हुन् ।

तपाइँको प्रतिक्रिया