सोमबार, पुष २९, २०८१ |Mon Jan, 2025
अक्ल्याण्डको समय: १७:२२ |सिड्नीको समय: १५:२२ |काठमाडौंको समय: १०:०७

अवैध धन जम्मा हुन थालेपछि अष्ट्रेलियामा ‘गोल्डेन भिसा’ बन्द !

एएनजेड खबरजनवरी २३, २०२४

काठमाडौं । अष्ट्रेलिया सरकारले विदेशी विद्यार्थीहरुका लागि भिसा नियममा केही हेरफेर गरेपछि विदेशी व्यवसायीलाई नियम परिर्वतन गरेको छ । विदेशी लगानीकर्तालाई बसोबासको अधिकारका लागि दिंदै आएको ‘गोल्डेन भिसा’ बन्द नै गरेको छ ।

‘अर्थतन्त्रमा खराब परिणाम’ आएको भन्दै ठूला व्यापारी वा व्यवसायिक घरानाका व्यक्तिलाई दिंदै आएको गोल्डेन भिसा बन्द गरिएको अष्ट्रेलिया सरकारले जनाएको छ । ‘सिग्निफिकेन्ट इन्भेस्टर भिसा’ भनेर २०१२ देखि धनीमानीका लागि हजारौँ भिसा दिइएको थियो। तर उक्त भिसाको दुरुपयोग भएको अनुमान सरकारले गरेको छ ।

साथै अपेक्षित लक्ष्य प्राप्त गर्न उक्त भिसा कार्यक्रम असफल भएको सरकारको निष्कर्ष छ। ५० लाख अस्ट्रेलियन डलर लगानी गर्ने व्यक्ति आवेदनका लागि योग्य हुने व्यवस्था रहेको उक्त भिसाको फाइदा लिंदै अवैध धन थुपारेको आरोप लाग्न थालेको थियो ।

यसअघि अष्ट्रेलियाको संघीय सरकारले सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको संख्या घटाएर अढाई लाख बनाउने लक्ष्य अनुरुप नयाँ आप्रवासी नीति अघि सारिसकेको छ ।

तपाइँको प्रतिक्रिया