आइतबार, भदौ २२, २०८२ |Sun Sep, 2025
अक्ल्याण्डको समय: १३:३६ |सिड्नीको समय: ११:३६ |काठमाडौंको समय: ०७:२१

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ हुने 

एएनजेड खबरअगस्ट १७, २०२३

नाबालिग किशोरीलाई बलात्कार गरेको अभियोगमा मुद्दा खेपिरहेका नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ हुने भएको छ।  

सुनुवाइको लागी उक्त मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको छ। विश्वकप छनोटका लागि सन्दीप जिम्बाबे उडेपछि सन्दीपको मुद्दाको सुनुवाइ हुन सकेको थिएन। उनी जिम्बावेबाट फर्किए लगत्तै मुद्दाको सुनुवाइ सुरु हुन लागेको हो। 

गौशालास्थित एक होटेलमा लगेर नाबालिगलाई बलात्कार गरेको अभियोगमा सन्दीपले खेपिरहेका छन्। उक्त मुद्दा फास्ट ट्र्याकबाट किनारा लगाउन सर्वोच्च अदालतले गत फागुन १५ गते आदेश दिएको थियो। त्यसपछि धेरै पटक पेसी तोकिए पनि सुनुवाइ हुन् सकेको थिएन। 

यसअघि जिल्ला अदालत काठमाडौँले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले विभिन्न सर्त राख्दै २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दियो। 

तपाइँको प्रतिक्रिया