आइतबार, वैशाख २८, २०८२ |Sun May, 2025
अक्ल्याण्डको समय: १९:०२ |सिड्नीको समय: १७:०२ |काठमाडौंको समय: १२:४७

काठमाडौँको सिनामंगलमा शङ्कास्पद वस्तु फेला !!

एएनजेड खबरजुलाइ १९, २०२३

काठमाडौँको सिनामंगलमा शङ्कास्पद वस्तु भेटिएको छ। शङ्कास्पद बस्तु  भेटिएपछि निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगेको छ। 

काठमाडौँ मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडक पेटीमा शङ्कास्पद वस्तु फेला परेको हो। 

घटनास्थलमा नेपाल उत्थान ‘क्रान्तिकारी पार्टी’ लेखिएको पर्चा समेत फेला परेको छ। जसमा लेखिएको छ– खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस्। तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठुलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो। यहाँ आरडीएक्स बारुदको बम राखिएको छ। सावधान रहनुहोला। संयोजक सफल।’ 

 खोटाङ हलेसी ज्वेलर्स अगाडि उक्त शङ्कास्पद वस्तु फेला परेको हो। 

तपाइँको प्रतिक्रिया