बिहीबार, चैत ६, २०८१ |Fri Mar, 2025
अक्ल्याण्डको समय: ०४:२५ |सिड्नीको समय: ०२:२५ |काठमाडौंको समय: २१:१०

काँग्रेस केन्द्रीय समितिको बैठक सानेपामा बस्दै 

एएनजेड खबरजुलाइ १२, २०२३

नेपाली काँग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ।  झन्डै एक वर्षपछि केन्द्रीय समिति बैठक बस्न लागेको हो।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी सङ्गठनका विविध विषयमा छलफल हुने बताइएको छ। 

आजको केन्द्रीय समितिको  बैठकमा भुटानी शरणार्थी प्रकरणमा जेल परेका नेता बालकृष्ण खाँडको निलम्बनको बारेमा नेताहरूले कुरा उठाइने तयारी गरेको समेत बुझिएको छ। 

तपाइँको प्रतिक्रिया