सोमबार, वैशाख ८, २०८२ |Tue Apr, 2025
अक्ल्याण्डको समय: ०५:४२ |सिड्नीको समय: ०३:४२ |काठमाडौंको समय: २३:२७

ललिता निवासको सरकारी जग्गामा काठमाडौँ महानगरले तारबार लगाउने 

एएनजेड खबरजुलाइ २, २०२३

 काठमाडौँ महानगरपालिकाले चर्चामा रहेको ललिता निवासको सरकारी जग्गामा तारबार लगाउन नगर प्रहरीको टोली बालुवाटार पुगेको छ। 

दलबल सहित महानगरले आज दिउँसो नगर प्रहरीको टोली तारबार लगाउन भन्दै बालुवाटार खटाएको हो। महानगरका अनुसार उक्त जग्गा संरक्षणका लागि तारबार लगाउन लागिएको हो। 

ललिता निवासअन्तर्गत खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्नु महानगरको दायित्व भएकाले  त्यहीअनुसार उक्त क्षेत्रमा तारबार लगाउन लागिएको महानगर स्रोतले बताएको छ। 

तपाइँको प्रतिक्रिया