आइतबार, वैशाख २८, २०८२ |Sun May, 2025
अक्ल्याण्डको समय: ०८:३६ |सिड्नीको समय: ०६:३६ |काठमाडौंको समय: ०२:२१

नेपाल कृषिप्रधान देश भएकै कारण पाँच महिनाको नाकाबन्दी पचाउन सक्यौ : केपी ओली 

एएनजेड खबरजुन ३०, २०२३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कृषिप्रधान देश भएकै कारण पाँच महिनाको नाकाबन्दीले पनि गलाउन नसकेको बताएका छन्।

आज धान दिवसका अवसरमा चितवनको भरतपुरमा रोपाइँ कार्यक्रममा पुगेका अध्यक्ष ओलीले खान पुग्ने खाद्यान्न स्वदेशमै उत्पादन हुने भएकाले पाँच महिनासम्मको नाकाबन्दी सहजै पचाउन सकेको बताएका हुन्। 

‘पाँच महिनाको नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण कृषि उत्पादन नै हो। हामी प्रायः बाहिरबाट सबै चिज ल्याउँछौँ, तर हामीलाई खान पुग्ने अन्न, सब्जी, माछा, मासु र दूध यही उत्पादन हुन्छ,’ उनले भने, ‘त्यसो हुनाले नाकाबन्दीले पनि हामीलाई गलाउन सकेन।’

ओलीले  कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापक रूपमा अघि बढाउनुपर्ने धारणा पनि व्यक्त गरे। 

तपाइँको प्रतिक्रिया