शुक्रबार, वैशाख १२, २०८२ |Fri Apr, 2025
अक्ल्याण्डको समय: २१:३७ |सिड्नीको समय: १९:३७ |काठमाडौंको समय: १५:२२

प्रतिनिधि सभाको आजको बैठकमा मन्त्रीहरुले जवाफ दिने

एएनजेड खबरजुन २७, २०२३

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ। बिहान ११ बजे सुरु हुने बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहने छ ।

मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने छन्।

तपाइँको प्रतिक्रिया