बिहीबार, चैत ६, २०८१ |Fri Mar, 2025
अक्ल्याण्डको समय: ०३:४१ |सिड्नीको समय: ०१:४१ |काठमाडौंको समय: २०:२६

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय जहाज अवतरण

एएनजेड खबरजुन २१, २०२३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको छ। चीनको सिचुवान एयरलाइन्सको ए–३१९ एयरबसले पहिलो पटक पोखरा विमानस्थलमा अवतरण गरेको हो। 

उक्त जहाज १३० जना यात्रुसहित आज बिहान ८ः५० मा अवतरण भएको पोखरा विमानस्थलले जनाएको छ।छेन्दुबाट उडेको २ घण्टा ४५ मिनेटमा विमान पोखरा अवतरण भएको थियो। 

 असार ८ र ९ गते फेवातालमा आयोजना हुन लागेको ‘ड्रागन बोटरेस फेष्टिभल’मा सहभागी हुने चिनियाँ खेलाडी बोकेको विमान पोखरा अवतरण गरेको हो। उक्त विमानबाट चीन भ्रमणमा रहेका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि स्वदेश फर्केका छन्।

तपाइँको प्रतिक्रिया